चिकित्सा शिक्षा आयोगले १२ कक्षामा एनजी आएका विद्यार्थीको फारम दस्तुर फिर्ता गर्ने
zeenepal
२०८१ श्रावण ३०,
6
Shares
काठमाडौं। चिकित्सा शिक्षा आयोगले कक्षा १२को नतिजामा एनजी आएका विद्यार्थीको फारम दस्तुर फिर्ता गर्ने भएको छ ।आयोगले बुधबार सूचना जारी गर्दै १ भदौदेखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिएकाहरुको तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय भएको जनाएको छ ।
उपसचिव मञ्जु अधिकारीले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकको हकमा निजको आवेदन फारम रद्द गरी आवेदन फारम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाण सहित फिर्ता माग गरेमा उक्त रकम सम्बन्धित परीक्षार्थीलाई फिर्ता गर्ने सूचनामा उल्लेख गरेकी छिन् ।आयोगले यो वर्षदेखि कक्षा १२ का विद्यार्थीलाई नतिजा नआएपनि स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।