काठमाडौँ । ७८ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावासले काठमाडौँमा कथक नृत्य कार्यक्रमको आयोजना गरेको छ । अर्पिता दत्त र भारतबाट आएको उनको समूहले कथक नृत्य प्रस्तुत गरेको होकार्यक्रमको प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उपस्थित रहेका थिए । त्यस्तै नेपाल सरकार, नेपाली सेना, कूटनीतिक समुदायका साथै नागरिक समाजका प्रतिष्ठित सदस्यहरू पनि कार्यक्रममा उपस्थित थिए ।
काठमाडौँस्थित भारतीय दूतावासले हरेक वर्ष स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । उत्सवको एक हिस्साको रूपमा रहेको कथक नृत्य प्रस्तुति नेपालका अन्य चार प्रमुख सहरहरूमा प्रस्तुत गरिनेछ।आगामी दिनहरूमा वीरगन्ज, हेटौँडा, विराटनगर र पोखरामा नृत्य टोलीले आफ्नो नेपाल भ्रमण जारी राख्ने दूतावासले जनाएको छ ।

