
काठमाडौँस्थित भारतीय दूतावासले हरेक वर्ष स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । उत्सवको एक हिस्साको रूपमा रहेको कथक नृत्य प्रस्तुति नेपालका अन्य चार प्रमुख सहरहरूमा प्रस्तुत गरिनेछ।आगामी दिनहरूमा वीरगन्ज, हेटौँडा, विराटनगर र पोखरामा नृत्य टोलीले आफ्नो नेपाल भ्रमण जारी राख्ने दूतावासले जनाएको छ ।