
यस्तै गृह मन्त्रालयबाट त्रिपाल १ हजार २० थान, टेन्ट १२० थान, ब्यांकेट ३०० थान, म्याट्रेस १०० थान र स्लिपिङ ब्याग ५० र झुल २०० थान वितरण भएको उनले बताए । उनका अनुसार माग अनुसार राहत सामग्री वितरणको काम जारी छ ।प्राधिकरणका अनुसार मनसुनपछिको अहिलेसम्म १३ जिल्लाका विपद व्यवस्थापन कोषमा एक करोड ७६ लाख पठाइसकिएको छ । मनसुन प्रभावित परिवारका लागि तत्काल राहत स्वरुप १५ देखि २० हजार पनि सहयोग गरिएको प्राधिकरणले जानकारी दिएको छ ।सङ्कटासन्न परिवारलाई मानवीय सहयोग जारी रहेको आइएफआरसीले जनाएको छ ।