दाङ,लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको सरुवा गरेका हुन् ।वन तथा वातावरण मन्त्री कुर्मीले गरेको निर्णय प्रदेशको सरकारको नीति अनुसार हाल सम्मकै ऐतिहासिक निर्णय हो ।दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेको छ । तर त्यसको त्यसको कार्यान्वयन कुनै पनि मन्त्रालयले गरेका थिएनन् । प्रदेश सरकारले हरेक वर्ष भदौं ७ गते सम्म कर्मचारी सुरुवा गर्नुपर्ने नीति बनाएको छ ।
त्यही नीतिलाई पालना गर्दै मन्त्री कुर्मीले एउटै कार्यालयमा दुई वर्ष भन्दा धेरै कार्यरत कर्मचारीहरुको सरुवा गर्नु भएको हो । मन्त्रालयले सार्बजानिक गरेको सरुवा लिष्टमा दुई बर्ष भन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरुको सरुवामा भएको छ ।लामो समयसम्म एकै जिल्लामा बसेर काम गरिरहेका धेरै अधिकृतहरु सरुवामा परेका छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समालेका मन्त्री बादशाह कुर्मीले नीतिगतरुपै निर्णय गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘एकै स्थान र जिल्लामा बसेर काम गर्दा कामको प्रभावकारिता पनि घटेर जान्छ । कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्याहरु पनि सृजना भैरहेको हुन्छ । गुनासोका आधारमा हामीले यो निर्णय गरेका हौं । कर्मचारीको कामको मुल्यांकन गर्नको लागि नियमित सरुवा आवश्यक छ ।अब दोस्रो चरणमा वनरक्षक तहसम्म यस प्रकारको सरुवा गर्ने योजना रहेको उहाँले बताउनु भयो । गत बर्षपनि मन्त्रालयले ७ बर्ष बढी अबधी काम गरेका अधिकृतहरु सरुवा गरेको थियो ।
मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन गरेको यो निर्णय मन्त्रालयस्तर भएको पहिलो निर्णय हो । हालसम्म दुई बर्षे हद कुनै मन्त्रालयले मातहतका अधिकृतलाई लगाउन सकेको छैन । सरुवाका लागि ऐनमा उक्त कुरा समाबेश भएपनि कार्यान्वयन भने यो नै पहिलो देखिन्छ । सुशासन र चुस्त प्रशासनको लागि यो तवरको सरुवा प्रशंसनिय रहेको कर्मचारीहरुले बताएका छन् ।
ADVERTISEMENT

