काठमाडौँ । अछामको निर्वाचन क्षेत्र नम्बर–१ मा भीम रावलले आफ्नो अग्रता कायमै राखेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रावल ९५२ मतसहित अगाडि छन् ।नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर ७३२ मत सहित दोस्रो स्थानमा छन् ।
सो क्षेत्रमा नेकपा एमालेका दीपकबहादुर साउँदले ७१३ मत ल्याएका छन् । रास्वपाका ओमप्रकाश रावलले १०७ मत ल्याएका छन् । राप्रपाका लोकेन्द्रबहादुर शाहले ३७ मत पाएका छन् ।
ADVERTISEMENT

