काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चार गुणा बढी ल्याएका छन् ।रास्वपाका उम्मेदवार शिशिर खनालले २० हजार ९९२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार ५ हजार १२७ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका सांसद अमनकुमार मास्केले ३ हजार ७ मत ल्याएर कांग्रेसलाई पछ्याइरहेका छन् । २० हजार मत कटाएका खनाल २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
ADVERTISEMENT

