
त्यसपछि क्रमशः साउदी अरेबिया ११८०९, कतार ११७८५, कुवेत ४६९५, रोमानिया २२९८, मलेसिया १३४४ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसियाको रोजगारीमा भने घट्दो क्रममा देखिएको छ । मलेसियाले आप्रवासी कामदार ल्याउन रोक लगाएसँगै मलेसिया जाने श्रमिकको सङ्ख्या घटेको हो ।
साउन महिनामा ५४७ म्यानपावर कम्पनीहरूले २५ हजार ५०७ जनालाई वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २२ हजार २८५ पुरुष र तीन हजार २२२ महिला रहेका छन् । अघिल्लो वर्षको साउनमा म्यानपावर कम्पनीहरूले २९ हजार २२९ जनाले वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका थिए ।