
विदेशमन्त्री अल्बुसाइदीले दुई देशबिचमा भएको विभिन्न सहमति तथा सम्झौतालाई कार्यान्वयनमा जोड दिएका छन् ।दुई देशबिचको सम्बन्धलाई बलियो बनाउन दुवै देशले भूमिका खेल्नु पर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।विदेशमन्त्री अल्बुसाइदीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ओमन फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।