काठमाडौँ — नेपाल र ओमानबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलासम्बन्धी अध्ययनको लागि छिट्टै सम्झौता हुने भएको छ । नेपाल र ओमानका परराष्ट्रमन्त्रीको द्विपक्षीय वार्तामा चार विभिन्न क्षेत्रमा दुई मुलुक बीचमा सम्झौता गर्ने कुराकानी भएको छ ।नेपालको औपचारिक भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद अलबुसइदी र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच मंगलबार भएको द्विपक्षीय भेटवार्ता ती चार विषयमा आगामी दिनमा सम्झौता हुने सहमति भएको हो ।
वार्तापछि मन्त्री राणाले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भनिन्,‘दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको छ ।यसैपटक परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र ओमानको विदेश मन्त्रालयको कूटनीति प्रतिष्ठानबीच पछि धकेलिएको हो ।

