
गुरुङ सुदूरपश्चिम प्रदेशमा हुने बैठकमा भाग लिन बुधबार धनगढी पुगेका छन् । उनी भदौ १४ र १५ गते कर्णाली, भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा हुने परामर्श बैठक सकेर काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । यसअघि साउनको पहिलो साता बसेको मोर्चाको बैठकले १५ दिनभित्र समीक्षात्मक दस्ताबेज पेस गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म दस्ताबेजले अन्तिम रूप पाएको छैन । मोर्चामा माओवादीसहित एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्र–गङ्गानारायण समूह) रहेका छन् ।