
दाहालको सचिवालयका अनुसार कार्यक्रममा भाग लिएर उनी आइतबार स्वदेश फर्किँदै छिन् ।मेयरज्यू नयाँदिल्लीमा नेपालीहरूले आयोजना गरेको तीजमा भाग लिन भारत जानुभएको हो । त्यहाँ आयोजित ‘हरितालिका तीज महोत्सव २०८१’ मा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ’, सचिवालयका एक सदस्यले भने ।उक्त कार्यक्रममा रामदेव, आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति रहेको बताइएको छ ।