काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह गरेको छ । सरकारले तत्काल अधिवेशन नबोलाए आफूहरू विशेष अधिवेशन माग गर्ने जानकारी पनि विपक्षी दलहरूले गराएका छन् ।शुक्रबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमार्फत् विपक्षी दलहरूले यस्तो बताएका हुन् ।
‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशनको माग गर्छौं,’ वक्तव्य पढेर सुनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने साथै, उनले सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशन माग हुने जानकारी गराए ।‘सरकारले तत्काल अधिवेशन प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाकारी र जनविरोधी काम जारी राखे कडा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छौं,’ विपक्षी दलहरूको वक्तव्यमा भनिएको छ ।