
उनले भने,‘ नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु।’ खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव प्राथमिकताका साथ सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा जोड दिए ।