
प्रधानमन्त्री ओलीले प्रचण्डले असभ्य व्यवहार गरेको भन्दै लगाएको आरोपबारे सञ्चारकर्मीले सोधको प्रश्नमा उनले व्यवहार हेर्न सुझाव दिए । ‘अहिलेको प्रधानमन्त्रीज्युले कति झुट, बेइमान, अनैतिक र जालझेल गर्ने हुनुहुन्छ भन्ने कुरा मैले प्रतिनिधिसभामै भनेको थिए,’ प्रचण्डले प्रश्न गरे, ‘अगाडिबाट मुसार्ने र पछाडिबाट छुरा हान्ने काम गर्ने ओलीले गरेको तथ्य कसरी असभ्य भयो र ?’
आफूले बोलेको भाषा असभ्य नभएको जिकिर गर्दै प्रचण्डले अहिले सरकार बनाउने बारेमा माओवादी केन्द्रको रुची नरहेको बताए । कांग्रेससँग मिलेर सरकार बनाउन लागेकोबारे सोधिएको प्रश्नमा उनले अहिले पार्टी बनाउनेमा केन्द्रित भएका बताए । ‘एमाले र कांग्रेसलाई यो सरकार बनाइदिएकोमा धन्यवाद पनि भनेका छौँ,’ उनले भने ‘अहिले हाम्रो सरकारमा जाने कुनै ध्यान छैन ।’