
पाँच दलीय गठबन्धनले यसलाई जोगाउनुपर्छ । पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता हो,’ उनी भन्छन्, ‘प्रदेश र संघको निर्वाचनमा मिलेर जानुको विकल्प छैन ।’ बाम गठबन्धनको कुरा राम्रो भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ । ‘केही साथीहरुले बाम गठबन्धनको कुरा पनि गर्नुभएको छ । २०७४ मा गरिएकै हो नि । राम्रै भएको थियो । जोगाउने काम भएन । कम्युनिस्ट भन्नेहरुबाटै व्यवस्था नै भत्काउने गरी काम भयो । त्यसैले अहिले नै बाम गठबन्धन सम्भव देखिँदैन,’ उनले भने ।