काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाको मूल संवाहक राप्रपा नेपाल भएको बताएका छन् । काठमाडौँको जोरपाटीमा आयोजित क्षेत्रीय प्रशिक्षणमा बोल्दै थापाले सत्ता केन्द्रित होइन सिद्धान्त केन्द्रित नीति र आन्दोलनलाई केन्द्रमा राखेर राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्नेमा समेत जोड दिए ।
उनले ०८४ साल अगावै भ्रष्ट शासकहरूबाट देशलाई मुक्त गर्नु पर्ने भएकोले आन्दोलनको तयारी गर्नुपर्ने आवश्यकता औँल्याए । स्थानीय तहको उपनिर्वाचन हुने भएकोले अहिलेदेखि तयारीमा जुट्न नेता, कार्यकर्तालाई थापाले निर्देशन समेत दिए ।मुलुकमा सर्बसत्ताबादी अभ्यास गर्ने प्रयास भइरहेको भन्दै थापाले भ्रष्टाचार र कुशासनलाई छोप्न अनेक तानाबाना बुनिन थालिएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने समेत उनको जोड थियो । कार्यक्रममा पार्टीका नेताहरू डाक्टर विष्णु भण्डारी, राजाराम बर्तौला, धिरज भण्डारी ,उज्ज्वल पोखरेललगायतले बोलेका थिए ।

