काठमाडौं ३१ जेठ।रासायनिक मलको अभाव भइरहेको अवस्थामा सरकारले विकल्पका रुपमा झोल मल बजारमा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल) बजारमा उपलब्ध गराएको जानकारी गराए ।
मन्त्री यादवका अनुसार भारतबाट असारभित्र ८० लाख मेट्रिक टन रासायनिक मल आउनेछ । असार १५ गतेसम्म साल्ट ट्रेडिङबाट टेन्डर भएका मल पनि उपलब्ध हुने उनले बताए । ५२ हजार मेट्रिक टन मल आउने प्रक्रियामा रहेको र १४ हजार मेट्रिक टन मौज्दात रहेको उनले जानकारी दिए ।
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको र आजदेखि बजारमा उपलब्ध भएको जानकारी दिए ।