
त्यस अवसरमा गृहसचिव दुवाडीले विभिन्न समस्या, सीमितता र चुनौतीका बाबजुद नेपाल प्रहरीले शान्तिसुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानुन कार्यान्वयनमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले परम्परागत ‘पुलिसिङ’ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमसँगै व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।