
मन्त्री पाण्डेले नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा छिमेकीहरुको सहयोग आवश्यक रहेको बताए । नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (यूएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको स्मरण गरे ।
उनले सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अंक हासिल गरेको सुनाउन पाउँदा खुसी व्यक्त गरे । उनले भने, 'नेपालले ग्लोबल एभियशन सेफ्टिी प्लानका मुख्य सिद्धान्तहरुलाई नेशनल सेफ्टिी प्लानमा सफलतापूर्वक एकीकृति गराइसकेको छ ।मन्त्री पाण्डेले सुरक्षित र लचिलो उड्डयन पूर्वाधारहरु उड्डयन क्षेत्रको सुधारका लागि आधारभूत कुराहरु भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, 'यस क्षेत्रको हवाई सुरक्षा मजबुत बनाउन आइकाओका सदस्य मुलुकहरुबीच थप सहयोग सझेदारीको माग गर्छ । तसर्थ म पुनः क्षेत्रीय सहयोगमा जोड दिन्छु। जसले गर्दा सुरक्षित र दिगो उड्डयन तर्फको हाम्रा साझा प्रतिबद्धताबाट हरेक देश लाभान्वित हुन सकुन ।'
बुधबारबाट नयाँ दिल्लीमा सुरु भएको एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गरेका हुन् । सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागी छन् ।