महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी घोषणा
zeenepal
२०८१ आश्विन २,
66
Shares
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो ।लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए ।
बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ ।महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु छन् । सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।