
१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रूपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेका थिए । उनले अहिले राजनीतिमा कुर्सीको होड चलिरहेपनि गणेशमान सिंहले आफलाइ नभई देश र जनतालाई केन्द्रमा राखेर राजनीति गरेको पाठ गणेशमानको जीवजीबाट सिक्न सकिने बताए । प्रजातन्त्र पुनर्स्थापना सिंहले कांग्रेस नेतृत्वकै सरकारलाई पनि खबरदारी गरेको स्मरण गरे । ‘०४६ पछि प्रजातन्त्र पुरस्थापना सबैको प्रयासले भएको हो । त्यसैले सबैलाई समावेश गर्नुपर्छ । कुनै विशेष वर्षलाई मात्र होइन ४ जात ३६ वर्षको नेपाल हो । नीति निर्माण गर्ने थलो देखि राजनीतिक नियुक्तिमा सम्म राज्यका निकायहरूमा अवसर नपाएकाहरूलाई समावेश गर्नुपर्छ भनेर समावेशिताको कुरालाई त्यतीबेलै जोड दिनुभएको कुरालाई हामीले ख्याल गर्नुपर्छ । ’