काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारदेखि जारी बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ यसैबिच सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको बैठकमा पनि नेताहरुले धारणा राखेका थिए । केन्द्रीय सदस्य रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, रमेश लेखकले धारणा राखेका थिए ।
त्यस्तै किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदयशमशेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल केसी, सीताकुमारी राना, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आ–आफ्नो धारणा राखेका थिए । विभिन्न प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक भोलि असार १८ गते दिउँसो साढे १२ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।