नेपालगञ्ज ३१ जेठ।गर्मी अत्यधिक बढेपछि बाँकेका तीन वटा पालिकाले विद्यालयमा दिएको गर्मी विदा लम्ब्याएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले गर्मी विदा थप तीन लम्ब्याएका हुन् ।
गर्मी कायमै रहेकाले आजसम्म दिएको विदालाई असार ३ गतेसम्म लम्ब्याईएको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । यि तीन पालिकाले यसअघि २७ गतेदेखि ३१ गतेसम्म विद्यालयमा गर्मी विदा दिएका थिए । नेपालगञ्ज, कोहलपुर र खजुरागाउँपालिकाले सूचना जारी गर्दै असार ३ गतेसम्म विदा दिएको जानकारी दिएका छन् ।
४ गते शनिवार परेकाले अव असार पाँच गते मात्रै विद्यालय खुल्ने छन् । गर्मीका कारण विद्यालयमा बालबालिकाहरु विरामी पर्न थालेपछि बर्खे विदामा मिलान हुने गरी स्थानीय पालिकाले गर्मी विदा दिएको बताएका छन् । राप्तीसोनारी र नरैनापुर गाउँपालिका बाहेक अन्य सबै पालिकाले गर्मी विदा दिएका छन् ।
नेपालगञ्जको तापक्रम ४० डिग्रीको हाराहारीमा छ । पानी नपरेका कारण नेपालगञ्जमा अत्यधिक गर्मी बढेको छ । त्यसैमा अघोषित लोडसेडिङका कारण नगरबासी आक्रान्त छन् ।
ADVERTISEMENT