काठमाडौं १ असार। कोरोना विरुद्धको २४ लाख खोप बेपत्ताको आरोप पुष्टि गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चुनौती दिएका छन् ।प्रतिपक्षी नेकपा एमालेका सांसदले २४ लाख खोप प्रकरणलाई उठाएपछि मन्त्री खतिवडाले आरोप पुष्टि गर्न चुनौति दिएका हुन् ।संसदमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले २४ लाख खोप कता गयो भनेर प्रश्न उठाएपछि मन्त्री खतिवडाले यसको जवाफ आफूले तथ्यसहित धेरै ठाउँमा दिइसकेको र प्रमाण आधारमा मात्रै बोल्न चुनौती दिए ।
‘२४ लाख खोप कता गयो भनेर धेरै प्रश्न उठ्यो । स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन देशबाट के नामको खोप कति आयो ? कुन मितिमा आयो ? भन्ने उल्लेख छ,’ मन्त्री खतिवडाले भने,‘त्यो खोप काठमाडौं सेन्टरमै आएको छ । सिधै नेपालगंज, विराटनगर गएको छैन । यहाँबाट कुन प्रदेश के के नाम गरेको खोप कति गयो, त्यो पनि वेबसाइटमा छ । प्रदेश पनि जिल्लालाई कुन कुन नाम गरेको खोप कति बाँड्यो त्यो पनि छ ।’
‘
ADVERTISEMENT