
उनले भने, ‘जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो । फाल्तु खर्च, साधारण खर्च, टिएडिए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो । त्यसले गर्दा नेपालीहरुले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो । त्यो मौकाको उपयोग भएन । जसले गर्दाखेरी आज यो सरकारलाई कर्मचारीको तलव दिन पनि पुग्ने अवस्था छैन ।लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भुमिकामा राजसंस्थालाई राख्नुपर्ने बताए । उनले राजसंस्थालाई सक्रिय रुपमा नभई संविधानभित्रको राजसंस्थाको रुपमा अभिभावकिय रुपमा राख्नु उपयुक्त हुने बताए ।