
गत वर्ष भने घटस्थापनाको ६ दिन अघि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको थियो । योपटक अग्रिम बुकिङ खोल्नेबारे कुनै निर्णय नहुँदा दसैंकालागि घर जाने यात्रुहरु अन्योलमा परेका थिए दसैंकाबेला करिब २० लाख काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन् । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले घटस्थापना अघि नै देशभरका सडक मर्मतसम्भार गरेर सहज बनाउन सडक विभागलाई निर्देशन दिएका छन् । सडक विभागकाअनुसार अहिले सडक मर्मतको काम भइरहेको छ । मनसुन सक्रिय भइरहेकाले भने मर्मतमा केही समस्या भएको विभागले जनायो ।