
हालसम्म ५६ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । अबको एक वर्षभित्र प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्नेगरी निर्माणको काम भइरहेको बताए । करिब १९ विगाह क्षेत्रफलमा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिएका छन्।एउटै हाताभित्र निर्माण हुने सरकारका प्रशासनिक भवन मुलुककै नमुनायोग्य हुने र यसले प्रदेशको प्रशासनिक कामकाजलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।