
श्रेष्ठले बीआरआई चीनको मात्र परियोजना नभई विश्वका १५० देशहरूमा फैलिएको सामूहिक प्रयासमा आधारित साझा कार्यक्रम भएको बताउँदै नेपालले यसलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले रसुवागढीबाट आउने प्रस्तावित रेललाई चिनियाँ परियोजना मात्रै नभई दक्षिण एसियाको प्रवेशद्वारका रूपमा चिनियाँ राष्ट्रपति सी जिनपिङको दृष्टिकोण रहेको उल्लेख गरे । श्रेष्ठले बीआरआई परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न नेपाल सरकार गम्भीरताका साथ लाग्नुपर्नेमा जोड दिए ।