
‘भोलि १ बजे महेन्द्रनगरमा कार्यक्रम गरेपछि अभियान सम्पन्न हुनेछ‚’ ठकुरीले धनगढीबाट रातोपाटीसँग भने । कार्तिक २३ बाट झापाको झापाको मेचीनगरबाट अभियानको सुरुवात भएको हो । अभियानका क्रममा किसान‚ उद्यमी‚ खेलाडी लगायत विभिन्न पेसा व्यवसायसँग सम्बन्धित मानिसहरूसँग संवाद गरिएको ठकुरीले बताए ।हामीले पूर्वाधारको अवलोकन गर्यौ, विभिन्न व्यक्तिहरूसँग संवाद गर्यौँ‚’ उनले भने‚ ‘आफ्नो कुरा कम राख्यौँ ।
उहाँहरूकै कुरा बढी सुन्यौँ । उहाँहरूको अपेक्षा तथा गुनासाहरू सुन्यौँ । यसलाई हामीले सङ्गृहीत गरेका छौँ।अभियानको नेतृत्व गरिरहेका नेता भूपेन्द्र शाहीले पनि युवा सङ्कल्प यात्राका विभिन्न सुझाव सन्देशहरू सरोकारवाला निकायमा पुराउने बताए । प्रतिवेदन बनाएर पार्टीलाई बुझाउने उनले जानकारी दिए ।पार्टीलाई मात्र हैन जनताको आवाज प्रधानमन्त्री सम्म पुराउँछौँ । समय लिएर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँछौँ‚’ उनले भने ।