बाढी र पहिरोमा फसेका ७ सय ७८ जनाको विभिन्न स्थानबाट उद्धार
zeenepal
२०८१ आश्विन १२,
30
Shares
काठमाडौं : बाढीमा फसेका ७ सय ७८ जनाको सुरक्षाकर्मीले उद्धार गरेका छन् । वर्षाका कारण जनजीवन प्रभावित भएपछि काठमाडौंका विभिन्न ठाउँबाट सुरक्षाकर्मीहरुले उनीहरुको उद्धार गरेका हुन् ।शनिबार दिउँसो साढे २ बजेसम्म काठमाडौंका ८ फरक ठाउँबाट ७७८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार बानेश्वर–शंखमुल क्षेत्रबाट ५ जनाको उद्दार गरिएको छ ।
त्यसैगरी बल्खु– कालिमाटी क्षेत्रबाट ४२५ जना, कीर्तिपुर क्षेत्रबाट ७१ जना, थानकोट नागढुंगा–सुरङमार्ग क्षेत्रबाट १३६ जना (उनीहरुमध्ये १ सय जना) यात्रु, स्वयम्भू इचंगुनारायण क्षेत्रबाट ३ जना, काठमाडौं–१ बालमन्दिर क्षेत्रबाट ११० जना, कोटेश्वर क्षेत्रबाट २८ जना गरी ७७८ जनाको उद्धार गरिएको उनले बताए ।