काठमाडौं २३ असार। वन तथा वातावरणमन्त्री प्रदीप यादवले संसदमा पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले संसदमा पेस गर्ने नागरिकता सम्बन्धी नयाँ विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताएका हुन् ।
उनले जन्मसिद्धका छोराछोरी अनागरिक भएर बाच्नुपरेको भन्दै सर्वसम्मत रुपमा विधेयक पारित गर्नुपर्ने बताए । नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले शुक्रवारको प्रतिनिधि सभा बैठकमा नै नागरिकता सम्बन्धी विधेयक पेस हुने बताए । विधेयकको सम्बन्धमा गठबन्धन एक ठाउँमा रहेको उल्लेख गर्दै उनले सर्वदलीय सहमतिका लागि शीर्ष नेताहरुले कोशिस गरिरहेको जानकारी दिए ।
ADVERTISEMENT