
उनले भने, ‘नेपाल सरकारको मुख्यसचिवदेखि प्राधिकरणको प्रमुखसम्म, प्रहरीको प्रमुखदेखि अरू जिम्मेवारीमा बसेका मानिसहरू अहिले जुन ठाउँमा बसेर आपत्कालिन अवस्थामा जुन तरिकाले काम गरिरहेको देख्नुपर्ने हो त्यो नदेख्दाखेरी स्वाभाविक रूपमा प्रश्नहरू छन् । बैठकहरू धेरै भए । एकपछि अर्को डुप्लिकेशनहरु भएको छ । निर्णयको कार्यान्वयनहरू भएको छैनन् भन्ने गुनासोहरू छन् ।’सांसद थापाले संघीय सरकार उद्धारमा केन्द्रित हुनुपर्ने र राहत वितरणको काममा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने बताए ।