काठमाडौं १ असार। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छन् । बुधवार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएका हुन् ।
उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताइन् । उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरुप कर्तव्य पालन गर्नसक्ने मानवश्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने बताइन् ।

