आभिषेक कुमार गुप्ता नेपालगन्ज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व बिहीबार घर–घरमा फूलपाती भित्र्याइएको छ । पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा विधिपूर्वक फुलपाती भित्र्याइएको छ ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्तरुपमा हर्षबढाँई पूर्वक सलामी अर्पण गर्दै फूलपाती भित्र्याएका हुन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको फूलपातीको डोला सहितको टोलिले नेपालगन्ज नगर परिक्रमा गर्दै बागेश्वरी मन्दिरमा पुगेर सलामी अर्पण गरेको थियो ।
भने, ‘केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात सहायक हुन् ।’ फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद् गौतमले बताए । हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पूजारीसहित मगर समुदायका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण समूदायका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।
ADVERTISEMENT

