
अध्यक्ष दाहाल सँगै प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरू सुनिता बराल र निशा डाँगी, राष्ट्रिय सभाका माननीय सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा समावेश छन् ।
संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त र विश्व शान्तिको मूल्यमान्यताप्रति दृढता व्यक्त गर्दै महासभामा सम्माननीय अध्यक्षज्यूले शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयको जेनेरल डिवेटमा संघीय संसद्, नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ‚’ गिरीले भने । महासभामा सहभागी भई प्रतिनिधिमण्डल १९ अक्टोबर अर्थात् कार्तिक ३ गते शनिबार राती १ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।