
बीपी राजमार्ग अर्न्तगत चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन आज साँझसम्म सुधार गरी यसअघि राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्ने उनले जानकारी दिए ।उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले रातको समयमा यात्रा नगर्न कार्यालयले सूचनामार्फत सरोकारवालालाई अनुरोध गरेको छ ।