
गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए । घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा पुराइएको थियोे । उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालले जनाए ।गोली कसले चलायो अनुसन्धान भइ रहेको छ । घाइते लोधले भारतीय वनकर्मीले चलाएको बयान दिएका छन् । उनको ढाडमा गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।