
माओवादीलाई २०६४ सालको निर्वाचनमा जस्तै उपलब्धि हासिल गर्ने बनाउनका लागि आगामी निर्वाचन पहिले एकताबद्ध माओवादीहरू बन्नुपर्ने दाहालको भनाइ थियो । आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउनका लागि आफूले संकल्प लिएको र त्यो पूरा गर्नका लागि आफूले अठोट लिएको पनि उनको भनाइ थियो । समाजवादको उत्पादन आधार तयार पार्नका लागि पनि माओवादी धारबाट अलग भएका सबै पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको पनि उनको भनाइ थियो ।लचक भएर एकताका लागि आफू अगाडि बढ्ने दाहालको भनाइ थियो । 'तपाईंहरूको अगाडि व्यक्त यो प्रतिबद्धता ठूलो छाती लिएर एकतामा जाने पूरा हुनेछ भन्ने विश्वास पनि म तपाईंहरूको अगाडि व्यक्त गर्न चाहन्छु,' दाहालले भने ।विगतमा समाजवादको आधार निर्माणका लागि 'उत्पादन ब्रिगेड' बनाएर जाने योजना कार्यान्वयन गर्न नसकेर पार्टीले गल्ती गरेको स्वीकार गर्दै अध्यक्ष दाहालले अब त्यस्तो गल्तीबाट पाठ सिकेर अघि बढ्ने पनि बताए ।