काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
उनले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
ADVERTISEMENT

