
सो माग पूरा गराउनका लागि जेठ २६ गते, केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका लागि महत्वपूर्ण कार्यविभाजन गर्ने, जेठ २७ गते, संघर्षको कार्यक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने र असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रम गर्ने साहको भनाइ छ । प्रभु साह नेतृत्वको आजपाले भ्रष्टाचार र कुशासनविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ ।