नयाँ दिल्ली । ४ दिनअघि भएको नयाँ गस्ती सम्झौतापछि भारत र चीनका सेना पूर्वी लद्दाखको सीमाबाट पछाडि हट्न थालेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार सेनाले पूर्वी लद्दाखको डेमचोक र देप्साङ प्वाइन्टमा रहेका अस्थायी टेन्ट हटाउन थालेका हुन्। सैनिकहरूले सवारीसाधन र सैन्य उपकरणहरू पनि फिर्ता लिइरहेका छन्।यो प्रक्रिया पूरा भएपछि दुवै सेनाले डेम्चोक र देप्साङमा गस्ती गर्न सक्नेछन् । यो गस्ती १० दिन पछि सुरु हुन सक्ने बताइएको छ। यसमा २ सर्तहरू छन्। पहिलो– यी क्षेत्रमा दुवै देशका सेनाले फरक–फरक दिन गस्ती गर्नेछन् । यसबारे दुवैले एकअर्कालाई पहिल्यै जानकारी दिनुपर्छ। सन् २०२० मा भारत र चीनबिच भएको गलवान झडपपछि डेम्चोक र देप्साङमा तनावको अवस्था सिर्जना भएको थियो । लामो समयको तनावपछि भारत र चीनबिच अक्टोबर २१ मा नयाँ गस्ती सम्झौता भएको थियो। विदेशमन्त्री एस जयशंकरले गलवान जस्तो झडप हुन नदिन र त्यहाँको स्थितिलाई पुनर्स्थापित गर्न सम्झौता गरिएको बताएका थिए।
गस्ती कहाँ हुनेछ ? देप्साङ । भारतीय सेनाका अनुसार अब सैनिक गस्तीका लागि देप्साङको १०, ११, ११–ए, १२ र १३ गस्ती बिन्दुमा जान पाउने भएका छन् । डेमचोक : गस्ती केन्द्र–१४ अर्थात् गलवान उपत्यका, गोगरा–हट स्प्रिङ्स अर्थात् पीपी–१५ र पीपी–१७ मध्यवर्ती क्षेत्रहरू हुन्। प्रतिवेदनमा स्रोतलाई उद्धृत गर्दै यहाँ गस्ती गर्नेबारे पछि विचार गरिने बताइएको छ ।अब के हुन्छ ?सेना पूर्ण फिर्ता भएपछि, गस्ती लगभग १० दिन भित्र सुरु हुन सक्छ, जसमा वास्तविक नियन्त्रण रेखा (एलएसी) का ६३ बिन्दुहरू समावेश छन्। यसको पूर्ण विवरण भने खुल्न सकेको छैन ।

