संखुवासभा — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् ।अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गरिसक्ने प्रतिबद्धता जनाए । उनले कार्तिक महिनाभित्रै भूमि आयोग गठन गर्ने बताए ।मालपोत कार्यालय खाFदबारीको भवन उद्घाटन गर्दै शुक्रबार मन्त्री अधिकारीले जग्गा व्यवस्थापनमा समस्या भएको बताए । मंसिर महिनाभित्र सबै जिल्लामा भूमि आयोग गठन गरिसक्ने बताए ।
प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सबै भूमिहीनलाई जग्गा उपलव्ध गराउने उनले बताए । 'काम गर्ने गरी आयोग गठन गर्न लागेकाले केही ढिला भएको हो,' उनले भने, 'गरिबी निवारण सरकारको उच्च प्राथमिकतामा राखेका छौँ ।लामो समयसम्म जमिन जोतभोग गर्दै आए पनि लालपुर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनको भनाइ थियो । मालपोत कार्यालयको भवन २ करोड २० लाखमा निर्माण सम्पन्न भएको हो ।
ADVERTISEMENT