कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनित
zeenepal
२०८१ कार्तिक ९,
9
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् । शुक्रबार सभापति देउवाले विभागमा १० सदस्य मनोनित गरेका हुन् ।मनोनित सदस्यहरुमा रवि सिंह, आङदोर्जे शेर्पा, गोममाया खण्डलु, केशर बुढाथोकी, हिरा भगत, रमेश शर्मा, खिमप्रसाद मल्ल, टेकबहादुर खड्का, यमबहादुर बिसी, प्रकाशबहादुर सेठ्ठी रहेका छन् ।
सभापति देउवाले उनीहरुलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम मनोनित गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।