काठमाडौँ — गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित २७ जना सहसचिव र उपसचिवको सरूवा गरेको छ । गृहले रूपन्देही, पर्सा, महोत्तरी, सप्तरी, भक्तपुर र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो ।
जसअनुसार बासुदेव घिमिरेलाई रूपन्देही खटाइएको छ भने गणेश अर्याल पर्साको प्रमुख जिल्ला अधिकारीका रुपमा खटिएका छन् । मन्त्रालयले लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी तोकेको छ ।त्यस्तै, गृहले भोला दाहाललाई सप्तरी, गोपाल प्रसाद अर्याललाई भक्तपुर र रमेश ढकाललाई ललितपुरको प्रमुख जिल्ला अधिकारी तोकेको छ । त्यस्तै, पाल्पाको प्रमुख जिल्ला अधिकारीमा तोयानारायण सुवेदी, दोलखामा शिवराम गोलाल, धनकुटामा टुवराज पोखरेल, गोरखामा पुण्य बिक्रम पौडेल, तनहुँमा श्यामकृष्ण थापाको सरूवा गरिएको छ ।

