काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताएका छन् नेपाल चेम्बर अफ कमर्सले शुक्रबार गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजी क्षेत्रको भुमिका विषयक अन्तर्क्रिया कार्यक्रममामा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरुको सुझाव कार्यन्वयन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने बताए ।
सकारले कतिपय कृषि उपजहरुको आयातमा रोक लगाएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी रहेको बताए ।कृषिको विकासको लागि थप लगानी वृद्धि गर्न जरुरी रहेको भन्दै मन्त्री अधिकारीले निजी क्षेत्रसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भुमिका महत्त्वपूर्ण हुने बताए ।गरिबीबाट मुक्ति पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको उनको भनाइ छ ।

