
प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई अर्थमन्त्री शर्मामाथि खनिएका थिए । संसदमा बोल्दै उनले ‘गद्दार’ भनेपछि सभामुख अग्निप्रसाद सापकोटाले सो शब्द रेकर्डबाट हटाएका छन् । भट्टराईले 'बजेट निर्माणको अघिल्लो दिन भएको देशप्रतिको अत्यन्तै गद्धारीको विषयमा हामी बोलिरहेका छौं' भनेका थिए ।