काठमाडौं १९ असार ।मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको २५० वर्षभन्दा बढी पुरानो लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।मधेश प्रदेशका जिल्लाहरुको अनुगमनको क्रममा रहेका अध्यक्ष दत्तले आज बलान बिहुल गाउँपालिकाको मौवाहा गाउँमा पूर्वउपराष्ट्रपति परमानन्द झासहित मन्दिर व्यवस्थापन कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा सो प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
स्थानीयवासीसँग भेट गरी समस्याको जानकारी लिने र समाधानको पहल गर्ने उद्देश्यले अध्यक्ष दत्त मधेश प्रदेशका ग्रामीण भेगहरुको भ्रमणमा रहेको उनको सचिवालयले जनाएको छ ।
ADVERTISEMENT