अभिषेक गुप्ता।नेपालगन्ज कात्र्तिक । लुम्बिनी प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्रालय का मन्त्री आदेश कुमार अग्रवालले बाँकेका प्रमुख जिल्ला अधिकारीसँग बाँकेको शान्ति सुरक्षाको अवस्था विषयमा जानकारी लिएका थिए भने मन्त्री आदेश कुमार अग्रवालले बाँकेको नेपालगञ्जको कारागार निरीक्षण गर्नुभएको छ । बाँकेको नौवस्तामा रहेको कारागार र बालसुधार केन्द्रमा स्थलगत कार्यालयमा समेत अनुगमन गर्नुभएको छ ।
कारागारको अवस्था र कारागारमा के गर्नुपर्छ भन्ने सन्दर्भ अनुगमन गर्ने कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी र बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की बाँके जिल्ला प्रशासन कार्यालय सहायक सिडियो सशस्त्र प्रहरीका एसपी लगायतको उपस्थितिमा बाँकेको कारागार अवस्था र नेपालगञ्जको कारागार र बालसुधार केन्द्र स्थलगत निरीक्षण गरी जायज लिनुभयो र उहाँले शान्ति सुरक्षा र कारागारको अवस्थालाई सुधार गर्नमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।
साथै बाँकेमा शान्ति सुरक्षा चुस्तदुरुस्त रहनुपर्छ भन्ने समेत निर्देशन पनि दिनुभएको छ । सिमानाका र अन्य शान्ति सुरक्षाका विषयलाई समेत मध्यनजर गरेर स्थानीय प्रशासनलाई शान्ति सुरक्षामा नचुक्न समेत निर्देशन दिनुभएको छ ।

