काठमाडौँ — अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले नवलपरासी पश्चिमको प्रतापुर गाउँपालिका-७ बस्ने २४ वर्षीय अमन प्रताप हरिजनलाई बिहीबार पक्राउ गरेको हो ।
प्रहरीको साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहयोगमा उनलाई नवलपरासीबाटै पक्राउ गरेको साइबर ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए ।उनका अनुसार पक्राउ परेका हरिजनविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

